हार्वर्डको अध्ययन : नागरिक सहभागिता प्रवर्द्धनमा सेलिब्रेटीको भूमिका महत्वपूर्ण

काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पले गत महिना आयोजना गरेको चुनावी र्‍यालीमा पूर्वरेस्लर हल्क होगन र गायक किड रकलाई अघि सारे । जबकि मेगन थे स्टालियन, जर्ज क्लुनी र जेनिफर एनिस्टनले ह्वाइट हाउस दौडका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे ।

तर के सेलिब्रेटीको चुनावी प्रचारले सुई चल्छ वा यो फण्डा मात्र हो ?

हार्वर्ड युनिभर्सिटीको एस सेन्टर फर डेमोक्रेटिक गभर्नेन्स एण्ड इनोभेसनको एक नयाँ अध्ययनले नागरिक सहभागिता प्रवर्द्धनमा सेलिब्रेटीले प्रभावशाली भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।

‘जब राजनीतिको कुरा आउँछ, केही मत सर्वेक्षणमा मतदाता सेलेब्रिटीको आवाजबाट आफूहरु प्रभावित नभएको भन्ने देखिन्छ । केही स्पष्ट प्रमाणले यो कुराको संकेत गर्छन् कि यी आवाज अविश्वसनीय रुपमा शक्तिशाली छन्,’ हार्वर्डको अध्ययनमा उल्लेख छ ।

जब सेलिब्रेटीले व्यवहारमा उत्रिन आह्वान गर्छन् तब यस्ता गैरनाफामूलक आह्वानको मद्दतमा मतदाता र मतदाना कार्यकर्ताले अनलाइन दर्ता उच्च दरमा गर्छन् ।‘सेलिब्रेटी अमेरिकीलाई दैनिकजसो उनीहरुको आवाज र नागरिक अधिकारको प्रयोग गर्नका लागि सशक्त बनाउन विशिष्ट स्थानमा छन्,’ रिपोर्टमा भनिएको छ, ‘सेलिब्रेटी अमेरिकी संस्कृतिका एक अतुलनीय शक्ति हुन् । सेलिब्रेटीहरू अमेरिकी संस्कृतिमा एक अतुलनीय शक्ति हुन् जसले हामी के किन्छौं, के लगाउँछौं र हामी के कुरा गर्छौं भनेर जानकारी दिन्छौं । महत्वपूर्ण प्रभाव र पहुँचको साथ तिनीहरू सामाजिक र राजनीतिक कारणका लागि शक्तिशाली आवाज हुन् ।’

हार्वर्डको प्रतिवेदनले विशिष्ट उम्मेदवार वा राजनीतिको पक्षमा सेलिब्रेटीको समर्थनबारे उल्लेख गर्दैन । बरु अमेरिकीलाई मतदान गर्न, आफ्नो विवरण दर्ता गर्न शिक्षित, परिचालन र प्रोत्साहित गर्ने गैरपक्षीय मतदाता सहभागिता प्रयासका लागि उनीहरुको भूमिकामा ध्यान केन्द्रित गर्छ ।

‘यो अध्ययन गैरपक्षीय नागरिक संलग्नता र युवालाई आफ्नो आवाज मतपेटिकामा सुनाउने काममा सशक्त बनाउन मद्दत गर्ने तरिकामा केन्द्रित थियो,’ अध्ययनका लेखक र नागरिक दायित्व परियोजनाका सहसंस्थापक एश्ले स्पिलानले सीएनएनलाई भने, ‘सहभागिताको संस्कृतिलाई प्रवर्द्धन गर्न र आफूलाई गर्न रमाइलो लाग्ने कामबारे यसले भूमिका खेल्छ ।’

सेलिब्रेटीसँग युवापुस्तालाई जोड्ने अनौठो क्षमता हुन्छ जसलाई मूलधारको मिडियाको प्रयासले पनि सक्षम नतुल्याएको हुनसक्छ,’ अध्ययनले भनेको छ, ‘सामाजिक सञ्जालमा उनीहरुको नियन्त्रण र उपस्थितिले उनीहरूलाई सूचना प्रवाह गर्ने केन्द्रीकृत स्रोतको रूपमा पछ्याउन र मतदाताको सहभागिता वृद्धिमा स्थान दिन्छ ।’

अध्ययनअनुसार जेन जेड र मिलेनियल्स पुस्ता जो सन् २०२८ को चुनावमा मतदान गर्ने समूह बन्नेछ, उनीहरुले दैनिक औसत १८० मिनेट र १५७ मिनेट सोसल मिडियामा बिताउँछन्, उनीहरुको समाचारको स्रोत पनि यी प्लाटफर्म हुन् ।