Author: admin
-

एएफसी च्यालेन्ज लिग : प्लेअफका लागि चर्च ब्वाइज र पारो तयार
२८ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफमा मंगलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि चर्च ब्वाइजले पहिलो पटक महादेशीय क्लब प्रतियोगिता खेल्दैछ भने भुटानको पारो दोस्रो पटक नेपाल आएर खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ…
-

यस्तै रंगशालामा होला त साफ यू-२० च्याम्पियनसिप ?
३० साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको र पारो एफसीसँग मंगलबार दशरथ रंगशालाको हिलाम्मे मैदानमा खेल्यो । मंगलबार पानी परेका कारण भिजेको मैदानमा खेल सुरु भएदेखि नै हिलो माटो निस्कन थालेको थियो, कतै पानी जमेको थियो । हिलोकै कारण बल सहज ढंगले गुडेको थिएन भने बल भेट्न दौडिएका…
-

हार्वर्डको अध्ययन : नागरिक सहभागिता प्रवर्द्धनमा सेलिब्रेटीको भूमिका महत्वपूर्ण
काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पले गत महिना आयोजना गरेको चुनावी र्यालीमा पूर्वरेस्लर हल्क होगन र गायक किड रकलाई अघि सारे । जबकि मेगन थे स्टालियन, जर्ज क्लुनी र जेनिफर एनिस्टनले ह्वाइट हाउस दौडका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे । तर के सेलिब्रेटीको चुनावी प्रचारले सुई चल्छ वा यो फण्डा मात्र…
-

मिसेल योह ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा वैज्ञानिकको भूमिकामा देखिने
काठमाडौं । चिनियाँ मूलकी हलिउड अभिनेत्री मिसेल योहको पाण्डोरा ग्रहको भ्रमण पक्का भएको छ । उनी प्रतीक्षित ब्लकबस्टर फिल्म ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा देखिने भएकी छन् । निर्देशक जेम्स क्यामरुनले ती श्रृंखलामा अभिनेत्री योहले डा. करिना मोग नामक वैज्ञानिकको भूमिका निर्वाह गर्ने जनाएका छन् । योहले अवतारको तेस्रो श्रृंखला ‘फायर एण्ड एस’मा अभिनय गर्ने…
-

सामाजिक सञ्जालमा सिसनको प्रेम चर्चा
काठमाडौं । बुधबार बिहानदेखि इन्टरनेटमा एउटा रोमान्टिक तस्वीर भाइरल भइरहेको छ । जुन फोटोमा चर्चित भ्लगर सिसन बानियाँ एक युवतीसँग अन्तरंग देखिएका छन् । सामाजिक सञ्जालका पृष्ठदेखि फ्यानले यी तस्वीरलाई सेयर गर्दै लामो समयपछि सिसन रमाइरहेको भन्दै खुसी जनाइरहेका छन् । यो फोटो अमेरिकाको रहेको जनाइएको छ । तर सिसन स्वयंले भने यो फोटो सेयर गरेका…
-

हलमा लागे ‘स्त्री २’ र ‘खेल मेल में’
काठमाडौं । बिहीबारदेखि नेपाली हलमा दुई विदेशी फिल्म रिलिज भएका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा श्रद्धा कपुर र राजकुमार राव स्टारर ‘स्त्री २’ तथा अक्षय कुमार र तापसी पन्नु अभिनित ‘खेल खेल में’ रिलिज भएका हुन् । अमर कौशिक निर्देशित ‘स्त्री २ : सरकटके आतंक’ले मध्यरातमा पुरुषलाई कब्जामा लिने ‘बोक्सी’को कथा भन्छ । मध्यरातमा…
-

करिब ३० अर्बको सेयर कारोबार, नेप्से तीन वर्षकै उच्च
३१ साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो । नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको…
-

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने
३१ साउन, काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।…
-

आईएमईका सीईओ पौडेलले सम्हाले कार्यभार रेमिट्यान्स सेवालाई सुलभ बनाउने प्रतिबद्धता
काठमाडौं । आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । मर्जरपछि आईएमई र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन् । जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलसँग रेमिट्यान्स क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ । जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय…
-

१० ठूला वाणिज्य बैंक लेखापरीक्षण गर्न केपीएमजी छनोट
३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन विश्वका चार ठूलामध्येको अडिट फर्म केपीएमजीलाई छनोट गरेको छ । केन्द्रीय बैंकले ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीमध्ये ‘केपीएमजी एस्योरन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपी, इन्डिया’ छनोट गरेको हो । यो केपीएमजी ग्लोबलकाे सब्सिडियरी कम्पनी हो…